केन्द्रीय संस्करण
राष्ट्रिय योग दिवस

‘विधिपूर्वकको योगले ९० प्रतिशत रोग निको हुन्छ’

person explore access_timeमाघ १, २०७६ chat_bubble_outline0

आज योग दिवस । पछिल्लो समय योगको चर्चा र महत्त्व बढेर गएको छ । यसै सन्दर्भमा नेपाल स्कुल अफ योगा (प्रेमानन्द) को संस्थापक तथा स्कुल विभागका प्रमुख शिव बस्यासलसँग दीपक भेटवालले गरेको कुराकानी:

आम मानिसले योगलाई  कसरी  बुझ्ने ?

योगलाई आमरूपमा शारीरिक अभ्यासको वा आसनरूपको रूपमा मात्र बुझ्ने गरिएको छ । तर योगलाई जीवनको सबै आयामसँग जोडेर बुझ्नु पर्छ । योगका शारीरिक, मानसिक, भावानात्मक, आध्यात्मिक पक्षहरू छन् । तसर्थ योग समग्र जीवनको विज्ञान हो ।

योगले एकातिर सांसारिक जीवनमा स्वस्थ्य, खुसी, ऊर्जाशील, सिर्जनशील, तनावरहित जीवन बाच्नका लागि मद्दत गर्दछ भने अर्कातिर  योग साधानाकै मार्गबाट आध्यात्मिक जागरणको ढोका खोल्न सकिन्छ । तर यी दुई भिन्न उद्देश्यका लागि गरिने योग अभ्यासहरू फरक फरक हुन्छ । तसर्थ आम मानिसले आफू कुन उद्देश्यका लागि योग अभ्यास गर्दैछु भन्ने कुरामा प्रष्ट हुनुपर्छ ।

२० योग र अन्य शारीरिक व्यायाममा के फरक छ ?

योग अभ्यासमा गर्दा शरीरमा जुन ऊर्जा पैदा हुन्छ, त्यो ऊर्जालाई शिथिलीकरणको माध्ययमबाट पुनः शरीरमा नै पुनः प्रतिस्थापन गरिन्छ, जसले गर्दा शरीर थप ऊर्जावान बन्छ । दिनभरी काम गर्नका लागि स्फूर्ति दिन्छ, थकानको महसुस हुँदैन । अरू शारीरिक व्यायाममा शरीरको ऊर्जा खर्च हुन्छ, जसले झन शारीरिक तथा मानसिक थकान पैदा गराउँछ । योगमा शरीर, मन, श्वासप्रश्वासको एकैसाथ समन्वय हुने हुनाले यसले मानिसलाई आनन्द प्रदान गर्छ तथा मनलाई शान्त राख्न मद्दत गर्छ । योग शरीर र मन दुवैको एकै साथ अभ्यास हो । अझ बढी मनको अभ्यास हो । योग अभ्यासले शरीरको सम्पूर्ण प्रणालीलाई जागृत गर्ने हुनाले यो अभ्यास पूर्ण छ जुन अरू शारीरिक व्यायाममा पाइँदैन ।

योग गर्नेले खानपानको अनुशासन पालन गर्नु कत्तिको जरुरी छ ?

योग मनोविज्ञानले  मुखबाट खाने खान्कीभन्दा इन्द्रियहरूको माध्ययमबाट मष्तिस्कले खाने खान्कीलाई बढी महत्त्व दिन्छ । तसर्थ स्वस्थ्य रहनका लागि तपाईंको सोच, विचार, भावाना आदि सकारात्मक हुन निकै आवश्यक हुन्छ । रिस, अहङ्कार, घमण्ड, इष्र्या, डाहा, अधैर्यता जस्ता नकरात्मक सोचहरूले हाम्रो स्वस्थ्यमा सबैभन्दा बढी प्रभाव पार्ने हुनाले स्वस्थ्य रहनको लागि मानसिक रूपले शान्त र सन्तुलित हुन जरुरी छ ।

योगमा सात्विक भोजनको कुरा हुन्छ तर सात्विक भोजन भनेको सागपात, फलपूmल खानु भनेको होइन सतमार्ग भएको कमाइको भोजन नै सात्विक भोजन हो । आफ्नो इच्छालाई दबाएर कुनै पनि खानेकुरालाई बल जफ्ती रोक्नु हुँदैन । आफूलाई खान मनलागेको कुरा मात्रा मिलाइएर सन्तुलित हिसाबले खाँदा हुन्छ ।

भावाना शुद्धभएपछि आफै असुद्ध वस्तुहरूको भोग गर्न मन लाग्दैन । बलजफ्ती खानपिनको अनुशासनाको पालना गर्नु त्यति उपयुक्त  नहोला ।

शारीरलाई चाहिने चिज र चाहिने मात्रामा ध्यान दिनु पर्छ । आवश्यकता र मात्रामा ध्यानदिनु पर्दछ ।

योग अभ्यास गर्नेले अभ्यासको विधि तथा विज्ञान बुझ्नु कत्तिको जरुरी  छ ?

योग र रोग एकै सिक्काका दुई पाटा हुन् । सही तरिकाले गरेमा योगले रोगको उपचार गर्न सक्छ, विधि नमिलेमा रोग निम्त्याउन सक्छ । विधि र विज्ञान नबुझी योग गर्नाले कतिपयले आफ्नो स्वास्थ्य  जीवनलाई जोखिममा राखेको उदाहरण पनि पाइन्छ ।

धेरैजसो योगासनको लाभ तथा हानि दुवै पक्ष हुन्छन् । सबै योगासनहरू सबैका लागि उपयुक्त हुँदैन । उमेर, शरीर, आवश्यकता अनुसार आफ्ना लागि उपयुक्त हुने आसनहरू, उपयुक्त विधिबाट गर्नु आवश्यक हुन्छ । विधि नमिलेमा योग आशनहरू शारीरिक अभ्यास मात्र हुन पनि सक्छ ।

योगले कसरी  विभिन्न रोगहरुको व्यवस्थापन गर्न मद्दत गर्छ ?

विश्व स्वस्थ्य सङ्गठनको मान्यताअनुसार हाम्रो जीवनमा जति पनि रोगहरू लाग्छन् त्यसको ९० प्रतिशत कारण आफ्नो मानसकितालाई मानेको छ । यसरी हेर्दा ९० प्रतिशत रोगहरूको कारण मन हो । त्यो शरीरमा लक्षणको रूपमा देखापर्छ । कारक तत्व मनमा हुन्छ । योगको मानसिक शान्ति र सकारात्मकता ल्याउने हुनाले यसले ९०  प्रतिशत कारक तत्वलाई निवारण गर्न मद्दत गर्दछ । योगले शरीर र मनभित्र रहेको विजातीय तत्वलाई तथा नकरात्मकतालाई निष्काशन गर्ने काम गर्छ । योगले सम्पूर्ण रोगहरूको कारण एउटै मान्छ, त्यो हो मन । योग अभ्यासमा शरीर, मन, श्वास तीनै तत्वको एकैसाथ प्रयोग हुने हुनाले हाम्रो शरीरलाई ऊर्जावान बनाउँछ र हाम्रो मनलाई शान्त र सकारात्मक बनाउँछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...