बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२१ सेकेन्डमै लुकाकुको गोल

बुधबार, ०१ माघ २०७६, ०९ : १७
बुधबार, ०१ माघ २०७६

कोपा इटालिया कप फुटबलमा इन्टर मिलानका स्टार रोमेलु लुकाकुले खेल सुरु भएको २१ सेकेन्डमै गोल गरेका छन् । लुकाकुको दुई गोल सहयोगमा मङ्गलबार राति इन्टरले काग्लीयरीलाई ४–१ गोलले हरायो । जितसँगै इन्टरले अन्तिम १६ मा स्थान बनाएको छ ।

घरेलु मैदानमा इन्टरको जितमा लुकाकुले २१ सेकेन्डमा सुरुवाती गोल गरे । २२औँ मिनेटमा बोरजा वलेरोले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । लुकाकुले ४९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यसै सिजन इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट इन्टर पुगेका लुकाकुले २५ खेलबाट १८ गोल गरिसकेका छन् ।

काग्लीयरीका क्रिस्टियन ओलिभाले ७२ औँ मिनेटमा एक गोल फर्काए । इन्टरका एन्ड्रिया रनोचियाले ८०औ मिनेटमा हेडगोल गर्दै इन्टरलाई फराकिलो जित दिलाएका थिए । अर्को खेलमा नापोलीले पेरुगियालाई २–० र लाजियोले क्रेमोनेसलाई ४–० गोलले हराउँदै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप