आमाको १३ औं दिनको तिथीमा ऋचा शर्माले भावुक हुँदै भनिन्, ‘दुःख बिसाउने काख गुमाएँ’

नायिका ऋचा शर्माले १३ औं दिनको पुण्य तिथीमा आमालाई निकै भावपूर्ण श्रद्धाञ्जली दिएकी छिन् ।
आफ्नो फेसबुक अकाउन्टमा उनले आमाबारे स्टेटस लेखेकी छिन् ।
‘आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ। एउटा साथी, एउटा संरक्षक, दुस्ख बिसाउने काख सबै गुमाएको छु। हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दुस्खमा दुखी। मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा,’ उनले लेखेकी छिन् ‘भनिन्छ आमको ऋण तिरेर कहिले सकिदैन। आज यो वाक्यलाई सही रुपले बुझेको छु। त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिँडाउँछु। शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ।’
आमालाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेर लेखिएको यो स्टेटसमा उनलाई थुप्रैले ढाडस दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म