केन्द्रीय संस्करण

माघे संक्रान्तिको अवसरमा प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम

person explore access_timeपुस २९, २०७६ chat_bubble_outline0

बुटवल । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले माघेसंक्रान्ति तथा माघी पर्वको अवसरमा मंगलबार मुख्यमन्त्री निवास बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रममा राखेका छन्  ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सद्भाव र एकताले समाजलाई समृद्धिको दिशामा लैजाने बताए ।

प्रदेश ५ मा विभिन्न जातजाति भाषाभाषीहरुको बसोबास भएको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्त्वपूर्ण रहेको बताए । 

प्रदेश पाँचमा विशेष महत्वका साथ मनाइने माघी पर्वलाई सबै समुदायले महत्व दिएको बताउंदै मुख्यमन्त्री पोखरेलले यो सद्भावलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए । 
माघी पर्वको अवसरमा प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ । माघी पर्व मगर र थारु समुदायले विशेष महत्वका साथ मनाउँछन्  । 
शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, न्यायधीश,मन्त्री तथा प्रदेश सभाका सदस्यहरुलगायतको उपस्थिति रहेको  थियो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...