शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलामा पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन, हुन्छ असाधारण क्षमता

मङ्गलबार, २९ पुस २०७६, २१ : ३८
मङ्गलबार, २९ पुस २०७६

स्कूल अफ ह्याप्पिनेसका संस्थापक एवं मन अनुसन्धानकर्ता हरि सिटौलाले  पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन महिलामा हुने भएकाले तिनसँग असाधारण क्षमता हुने बताएका छन् । 

पोखरामा भएको महिला सशक्तीकरण एवं उत्प्रेरणामूलक एकदिने तालीमका प्रमुख प्रशिक्षक  सिटौलाले प्राकृतिक रुपमा महिला निकै शक्तिशाली भए पनि सामाजिक रुपमा कमजोर बनाइएको बताए । उनले भने, “महिलाले आत्मविश्वासबाट आफ्नो क्षमतालाई उजागार गरेर अघि बढ्न सके  असाधारण सफलता हासिल गर्न सक्ने छन् ।”  
    गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले प्राकृतिक रुपमा महिला क्षमतावान् भए पनि सामाजिक रुपमा कमजोर चित्रण गरेर तिनको क्षमताको अवमूल्यन गरिएको बताइन् ।  अर्का प्रदेशसभा सदस्य  मीना गुरुङले महिलाले कसैको दवाव र प्रभावबाट नभई आफ्नो स्वविवेक प्रयोग गरेर अघि बढ्न सके हरेक क्षेत्रमा सफल हुने धारणा राखिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप