लिखित प्रतिबद्धतापछि १५ दिनदेखि जारी धर्ना स्थगित
मङ्गलबार, २९ पुस २०७६, २१ : ३२

सप्तरी । प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षले माघ १० भित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा १५ दिनदेखि जारी धर्ना आज साँझदेखि स्थगन भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्ण र सम्पूर्ण वडाध्यक्षहरुले आन्दोलनरत पक्षले उठाएको १४ बूँदे माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका सङ्घर्ष समितिका संयोजक विनोद यादवले जानकारी दिए ।
गाउँ परिषद् बैठक अविलम्ब बस्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामको भुक्तानी गर्नुपर्ने तथा गाउँपालिकामा भएको अनियमितताको छानबिन हुनुपर्नेलगायत माग सङ्घर्ष समितिले राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प अरू हनु सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री
-
६ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
-
कुलमानलाई पदबाट हटाए सरकारलाई निकै महँगो पर्छ : माधव सापकोटा