शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धादिङ समाज युएईद्वारा मिर्गौला पीडितलाई रु ५० हजार सहयोग

मङ्गलबार, २९ पुस २०७६, २१ : २५
मङ्गलबार, २९ पुस २०७६

धादिङ समाज युएईले धादिङ नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायी बासिन्दा जीतबहादुर गुरुङको उपचारका लागि रु ५० हजार सहयोग गरेको छ । समाजका उपाध्यक्ष ईश्वर भट्टले आज पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट पीडित आर्थिक अवस्था अत्यन्तै दयनीय भएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरे । बैसठठी वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ । 

एउटा मिर्गौला पूर्णरुपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ । समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरु गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि देशभरि आपत्विपद्, दुःख र पीडामा परेकाहरुलाई समाजले सहयोग गर्ने योजना रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप