‘तोकिएको समयमा काम सम्पन्न नगर्नेलाई कारवाही’
मङ्गलबार, २९ पुस २०७६, २१ : २३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारबाट सञ्चालित कुनै पनि योजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने निर्देशन दिएका छन् । जोरायल गाउँपालिका वडा नं २ बुडरस्थित रामपुर माविमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेटबाट जिल्लामा सञ्चालन भइरहेका सम्पूर्ण योजना तोकिएको समयमै सम्पन्न गरिसक्नुपर्ने बताए ।
उनले भने, “प्रदेश सरकारको बजेटबाट छनोट भएका योजनामा हामी कडा अनुगमन गर्दै छौँ, तोकिएको समयमा काम नसके कारवाही गछौँ ।” उनले बुडरको रामपुर माविमा रु ९८ लाख १४ हजारमा निर्माण भएको आठकोठे भूकम्प प्रतिरोधी भवनको समेत उद्घाटन गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव