शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्क क्षेत्रमा प्रहरीको ‘स्विप अप्रेशन’, अनैतिक कार्यमा संलग्न ७३ जना समातिए

मङ्गलबार, २९ पुस २०७६, २१ : १८
मङ्गलबार, २९ पुस २०७६

काठमाडौँ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ ।

 महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई आज दिउँसो पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए । 
 पक्राउ पर्नेहरु लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न रहेकाहरु भएको उनले बताए । 

पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिङ्गी रहेका छन् । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप