यस्तो छ उच्च अदालत पोखराको यो आर्थिक वर्षको प्रगति विवरण
![यस्तो छ उच्च अदालत पोखराको यो आर्थिक वर्षको प्रगति विवरण](https://rpcdn.ratopati.com/media/albums/uchhha_adalat_-_pkr_3_MPpolR1Nb1.jpg)
पोखरा । उच्च अदालत पोखराले आर्थिक वर्ष २०७६/०७७ पुस मसान्तसम्मको मुद्दा तथा रिटको लगत फछ्यौट र बाँकी कामको प्रगति विवरण सार्वजनिक गरेको छ ।
अदालतले सार्वजनिक गरेको प्रगति विवरण अनुसार दर्ता भएका मुद्दामध्ये यसै आर्थिक वर्षमा १ हजार एक सय ८३ मध्ये ३ सय ४८ वटा मुद्दा फछ्यौट भएका छन् ।
फछ्यौट भएका मुद्दामध्ये ५ सय १५ पुराना र ६ सय ४८ नयाँ दर्ता भएका मुद्दा रहेको अदालतले जनाएको छ । पुरानो मुद्दाबाट २ सय ४० र नयाँ १ सय ८ मुद्दा फछ्यौट भएको उच्च अदालत पोखराका मुख्यन्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैद्यले जानकारी दिए ।
दुनियाँवादी देवानीमा ३ सय २०, दुनियाँवादी फौजदारीमा १ सय ३०, सरकारवादी फौजदारीमा ६ सय २०, वाणिज्य इजलासमा ३३, अन्यमा ४, बन्दी प्रत्यक्षीकरणमा ८, निषेधाज्ञामा १९, परमादेशमा ३१, उत्प्रेषणमा १८ वटा मुद्दा परेका उनले जानकारी दिए । उच्चमा दर्ता भएका मुद्दामध्ये अदालतले दुनियाँवादी देवानीको ५५ र सरकारी फौजदारीको १ सय ५६ वटा मुद्दा फर्छ्योट गरेको छ । वाणिज्य इजलासका नयाँ तथा पुराना गरि ३३ परेकोमा एउटा मुद्दाको फैसला भएको उनले जानकारी दिए ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरेकामध्ये ५ सय १५ मुद्दा फछ्यौट गर्ने, १ हजार ६ सय ७८ मुद्दा दर्ता हुने र तीमध्ये १ हजार ३ सय ५४ वटा मुद्दाको फैसला गर्ने लक्ष्य उच्च अदालतको थियो ।
७ जना न्यायाधीश रहेको अदालतमा ३ न्यायाधीश अहिले विदामा छन् । बाँकी ४ न्यायाधिशमध्येमा पनि १ जना काठमाडौं काजमा रहेको मुख्यन्यायाधीश श्रेष्ठले जनाए ।
कर्मचारी अभावमा मुद्दा फछ्यौटमा समस्या परेको उनको भनाई छ । हिउँदमा छोटा दिन भएकाले पनि धेरै मुद्दा फछ्यौट हुन नसकेको उनले खुलाए ।
मंगलबार उच्च अदालतको सभा हलमा सञ्चारकर्मीसंग अन्र्तक्रिया कार्यक्रम राखेर अदालतको प्रगति विवरण सार्वजनिक गर्दै मुख्यन्यायाधीश श्रेष्ठले न्यायालयको खस्किदो विश्वासलाई उँचो राख्नमा सञ्चारमाध्ययमको भूमिका पनि महत्त्वपूर्ण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसभाका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर
-
१० बजे १० समाचार : पाइप फुट्दा बबरमहलमा बिजोग, अध्यादेशमा विकल्पको खोजीमा सरकार
-
संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
-
पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल