प्रहरी सेवा प्रवाहको पहिलो कडी मिठो बोली बचनः डीआईजी पोखरेल

काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले संगठनको गरिमा प्रहरी कर्मचारीको छबिमा जोडिएको भन्दै संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित क्रियाकलाप नगर्न आग्रह गरेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन गर्दै डीआईजी पोखरेलले यस्तो आग्रह गरेका हुन् । उनले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन, शिष्ट नम्र व्यवहार भएको भन्दै कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदैसम्मको कारवाही गर्न निर्देशन दिए ।
डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने पनि डीआईजी पोखरेलले चेतावनी समेत दिए ।
संगठनको १ जनाको गल्तीले संगठनकै शिर झुक्ने भन्दै उनले कुनै पनि लोभलालच त्यागी मर्यादित भएर फिल्डमा खटिन समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा