पोर्चुगलमा समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृत्यु
मङ्गलबार, २९ पुस २०७६, १८ : ४२

लिस्बन । समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।
पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
दुबै शवको अन्त्यष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन
-
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ : सभापति बानियाँ