‘द भ्वाइस अफ नेपाल’ प्रतियोगिताका लागि ४ देशमा संगीतिक टुर
काठमाडौं । रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु रानामगर, यन्की यल्मोले ४ देशमा प्रस्तुति दिने भएका छन् । नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धधन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले उनीहरुले मार्च ६, २०२० देखि बेलायत, युरोप, क्यानडा र इजरायलमा गर्न लागेका हुन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्बेलनमा म्यूजिकल टुरका आयोजक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा मार्च ३ देखि २३ सम्म बेलायत, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरायल सांगीतिक कार्यक्रम हुने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले बताए । उनका अनुसार बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै क्यानडामा ४ वटा र इजराइलमा कार्यक्रम हुनेछ ।
सबै देशका कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने बताइएको छ । कार्यक्रममा द भ्वाइस प्रतियोगी सनिष, अनु र यन्कीले टुरलाई लिएर आफुहरु उत्साहित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?