शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘द भ्वाइस अफ नेपाल’ प्रतियोगिताका लागि ४ देशमा संगीतिक टुर

मङ्गलबार, २९ पुस २०७६, १६ : ५३
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु रानामगर, यन्की यल्मोले ४ देशमा प्रस्तुति दिने भएका छन् । नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धधन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले उनीहरुले मार्च ६, २०२० देखि बेलायत, युरोप, क्यानडा र इजरायलमा गर्न लागेका हुन् । 

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्बेलनमा म्यूजिकल टुरका आयोजक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा मार्च ३ देखि २३ सम्म बेलायत, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरायल सांगीतिक कार्यक्रम हुने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले बताए । उनका अनुसार बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै क्यानडामा ४ वटा र इजराइलमा कार्यक्रम हुनेछ । 

सबै देशका कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने बताइएको छ ।  कार्यक्रममा द भ्वाइस प्रतियोगी सनिष, अनु र यन्कीले टुरलाई लिएर आफुहरु उत्साहित रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप