राज कपुरकी छोरी तथा अमिताभकी सम्धी रितु नन्दाको निधन
ऋषि र रणधीर कपुरकी बहिनी तथा राजकपुरकी छोरी रितु नन्दाको निधन भएको छ । उनले मंगलबार दिल्लीमा अन्तिम सास फेरिन् । उनी ७१ वर्षकी थिइन् । रणधीर कपुरले एक अंग्रेजी वेबसाइटसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् । उनले भने, ‘आज बिहान रितु नन्दा रहिनन् । उनी क्यान्सरसँग जुधिरहेकी थिइन् । हामी दिल्लीमा नै छौं । उनको आजै अन्तिम संस्कार गरिनेछ ।’
रितु अमिताभ बच्चनकी सम्धी हुन् । उनका छोरा निखिलको विवाह अमिताभकी छोरी श्वेतासँग भएको थियो । सन् १९४८ मा जन्मिएकी रितु जीवन बीमा व्यवसायमा सक्रिय थिइन् । उनको विवाह उद्योगपति राजन नन्दासँग भएको थियो, जसको मृत्यु सन् २०१८ मा भइसकेको छ । निखिलबाहेक रितु र राजनकी एक छोरी पनि छिन् जसको नाम नताशा हो ।
गिनिज बुकमा दर्ता छ नामः
जीवन बीमाको व्यवसायमा रितुले विभिन्न अवार्ड र सम्मान पाएकी थिइन् । उनको नाम गिनिज बुक अफ वर्ल्स रेकर्डमा पनि समावेश छ । उनले एकैदिन १७ हजार पेन्सन पोलिसी बेचेकी थिइन् । सन् २०१३ मा उनलाई क्यान्सर लागेको खबर सार्वजनिक भएको थियो, उनको अमेरिकामा उपचार भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह