बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन

मङ्गलबार, २९ पुस २०७६, १३ : १४
मङ्गलबार, २९ पुस २०७६

काठमाडौँ। संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ । 

मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको हो । 


समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्कने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् । 

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै ४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ । अन्योलताकै कारण सिंहदरबारभित्र रहेको सो भवन प्लाष्टिकले बारेर खण्डहर अवस्थामा रहेको थियो । 

 बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले प्राविधिकले भवन माटो र इट्टाले बनेकाले रेट्रोफिटिङ गर्नु  ठीक नहुने रिपोर्ट प्राविधिकहरुले दिएको समितिमा बताएका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप