शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काश्मीरमा सोह्रको मृत्यु

मङ्गलबार, २९ पुस २०७६, १२ : ४९
मङ्गलबार, २९ पुस २०७६

पाकिस्तान नियन्त्रित काश्मीरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन् ।  

पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरुको मृत्यु तथा बेपत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिएका छन् । 

उनका अनुसार अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका विवरणहरु प्राप्त भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन् । 

मृत्यु भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मीरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत बर्षासम्वन्धी विभिन्न घटनाहरु भएको पनि उनले बताए ।

लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरु मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए ।  

त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको मृत्यु भएको छ । त्यहाँ घरमै हिमपहिरो खसेको थियो । 

पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप