छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । काठमाडौं र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित सडकमा बा.१० च ३०४ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सुनसरी धरान उपमहानगरपालिका-१४ घर भएका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका निशानको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको बसको ठक्करबाट सोही स्थान बस्ने ७२ वर्षीय राम बहादुर बिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरा हुँदै नारायणी अस्पताल बीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का