ओमानका सुल्तान कावुसको निधनप्रति उर्जामन्त्री पुनद्वारा समवेदना प्रकट

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान काबुस विन तारिक विनताइमुर विनअल सइदको निधनप्रति समवेदना प्रकट गरेका छन् ।
अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरिना)को १० औं साधारणसभामा सहभागी हुन युएईको अबुधावीबाट ओमानको राजधानी मस्कट पुगेका मन्त्री पुनले सइदको निधनप्रति नेपालको तर्फबाट ओमान सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका हुन् ।
मन्त्री पुनले नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विनताइमुर अल सइदलाई भेटेर राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट समवेदना प्रकट गरेका हुन् ।
मन्त्री पुनले राष्ट्रपति भण्डारीले लेखेर पठाएको लिखित समवेदनापत्र नवनियुक्त सुल्तानलाई हस्तान्तरण गरे । त्यसै अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना समेत व्यक्त गरेका थिए । त्यसैगरी, ४३ वर्षदेखि कायम रहँदै आएको नेपाल–ओमानबीचको मैत्रीपूर्ण कुटनीतिक सम्बन्ध आगामी दिनहरुमा पनि कायम रहने विश्वास व्यक्त गरे ।
यसैगरी, ओमानका नवनियुक्त सल्तानले पनि नेपालका राष्ट्रपति, प्रधानमन्त्री र सम्पूर्ण जनतालाई समवेदनाको लागि धन्यवाद व्यक्त गरे । साथै, उनले नेपाल–ओमानको सम्बन्ध भविष्यमा प्रगाढ हुनेमा विश्वस्त रहेको बताए ।
समवेदना प्रकट कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र मन्त्री पुनका सचिवालय प्रमुख नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईँ समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक