वरियतामा प्रिन्सको अर्को फड्को

काठमाडौं । नेपालका युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा एकपछि अर्को सुधार गरेका छन् । अघिलो साता १४औँ स्थानमा रहेका प्रिन्सि मङ्गलबार ११औँ स्थानमा उक्लिएका छन् ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मङ्गलबार सार्वजनिक गरेको नयाँ वरियतामा प्रिन्सले तीन स्थान सुधार गर्दै ११औँ स्थानमा उक्लिएका हुन् । वरियतामा एकपछि अर्को फड्को मारिरहेका प्रिन्स अघिल्लो साता ३२औँ स्थानबाट एकैपटक १४औँ स्थानमा आएका थिए । प्रिन्सले पछिल्लो समय जुनियरमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
प्रिन्स अघिल्लो सातामात्र काठमाडौँमा सम्पन्न पे्रसिडेन्ट कप इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१९ को फाइनलमा पुगेका थिए । फाइनलमा उनी भारतका मेइराबा लुवाङसँग पराजित भएका थिए ।
जुनियर विश्व वरियतामा लुवाङ तेस्रो स्थानमा छन् । जुनियर वरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन् । चीनका लिउ लियाङ दोस्रो, भारतका मेइराबा तेस्रो, भारतकै भरुण कपुर चौथो र चीनका रेन चिङ मिन पाँचौ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् राजा श्रीनिवास मल्लको सिंहासन
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा सहभागी हुन मलेसिया उडे आरभ
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
पठाओ राइडर हुन ८० प्रतिशत अंकसहित परीक्षा पास अनिवार्य
-
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस