वरियतामा प्रिन्सको अर्को फड्को
काठमाडौं । नेपालका युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा एकपछि अर्को सुधार गरेका छन् । अघिलो साता १४औँ स्थानमा रहेका प्रिन्सि मङ्गलबार ११औँ स्थानमा उक्लिएका छन् ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मङ्गलबार सार्वजनिक गरेको नयाँ वरियतामा प्रिन्सले तीन स्थान सुधार गर्दै ११औँ स्थानमा उक्लिएका हुन् । वरियतामा एकपछि अर्को फड्को मारिरहेका प्रिन्स अघिल्लो साता ३२औँ स्थानबाट एकैपटक १४औँ स्थानमा आएका थिए । प्रिन्सले पछिल्लो समय जुनियरमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
प्रिन्स अघिल्लो सातामात्र काठमाडौँमा सम्पन्न पे्रसिडेन्ट कप इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१९ को फाइनलमा पुगेका थिए । फाइनलमा उनी भारतका मेइराबा लुवाङसँग पराजित भएका थिए ।
जुनियर विश्व वरियतामा लुवाङ तेस्रो स्थानमा छन् । जुनियर वरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन् । चीनका लिउ लियाङ दोस्रो, भारतका मेइराबा तेस्रो, भारतकै भरुण कपुर चौथो र चीनका रेन चिङ मिन पाँचौ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण