आजको मौसमः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव परेको छ । उक्त प्रणालीको कारण अहिले पश्चिमी क्षेत्रमा बदली भई सुदुर पश्चिमका उच्च पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात भइरहेको छ ।
सोमबार रातिदेखि भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि पश्चिमी क्षेत्रहरुमा वर्षा र हिमपात सुरु भएको हो ।
उक्त वायुको प्रभाव मंगलबार पनि रहनेछ । देशका पश्चिमी भूभागमा सामान्य र पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, पश्चिमी भू–भागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, राति भने पश्चिमी भूभागमा सामान्य बदली हुने र अन्य भाग सफा हुनेछ । पश्चिमी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग
-
चेन्नईको कप्तानीको जिम्मा धोनीको काँधमा
-
अवरुद्ध सबै सडक सञ्चालनमा [सूची]
-
मुख्यमन्त्री कँडेलको एक वर्ष: ९५ किलोमिटर सडक कालोपत्रे !