गायक निशान भट्टराइको सवारी दुर्घटनामा निधन

गायक निशान भट्टराइको मंगलबार बिहानै सवारी दुर्घटनामा परी निधन भएको छ ।
दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।
Photo: Bishwamani Subedi Bimasu
उनी गायिका लोचन भट्टराइका भाइ हुन् । मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको प्रहरीले राताेपाटीलाई जानकारी दिएका छन् ।
उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ ।
गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन
-
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान