मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पुस मसान्त तपाईंहरुका लागि कस्तो होला ? हेर्नुहोस् राशीफल

मङ्गलबार, २९ पुस २०७६, ०६ : ४३
मङ्गलबार, २९ पुस २०७६

वि.सं.२०७६ साल पौष २९ गते । मंगलबार । ईश्वी सन् २०२० जनवरी १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– चतुुर्थी,२७ घडी ५८ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मघा,१० घडी ४८ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– आयुष्मान,०१ घडी ०८ पला,बिहान ०७ बजेर २५ मिनेट उप्रान्त सौभाग्य  । करण– बव,बिहान ०७ बजेर १६ मिनेट उप्रान्त बालव,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २६ घडी १४ पला । मंगल चौथी। काशीमा बडागणेश उत्सव। पौष मसान्त ।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमी कमजोरीहरुलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको इज्जत राख्न सकिने समय रहेको छ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउदै आम्दानीमा बृद्धि गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानीकम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यावसायमा लगानी गरेपनि आम्दानी थोरै हुनेहुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्न केहि कठिनाईको सामना गर्नुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिको प्रभाव बढ्ने हुदा बोलीकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् । सभा सभारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले आम्दानी कास्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय खर्चनुपर्नेछ । सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपार्ईँदेखि टाडिनेछन् । माया प्रेममा अविश्वास तथा पतीपत्नि बिच मनमुटाव बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानसिक तनाब बड्नेछ । समयको र परिस्थितिको राम्रोसँग ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागि हुदा पढाइ लेखाइ भने थाति रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । पैतृक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगिले फसाउँन सक्छन्,ध्यान दिनुहोला । तपार्ईँको राम्रा बिचारलाई अरुले गलत तरिकाले व्याख्या गरि साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानी गरे अनुशार प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मायाप्रेम तथा पतीपत्निबीच केहि विषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आतिथ्यपूर्ण सम्मान पाइने  योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । गोप्य कुराहरु बाहिर आउने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप