जिल्ला अदालत धनुषाको फैसला उच्च अदालतले उल्ट्यायो

जनकपुर । जिल्ला अदालत धनुषाले आन्तरिक राजश्व कार्यालय जनकपुरको जग्गा व्यक्तिको नाममा दर्ता कायम हुने गरी गरेको फैसला उच्च अदालत जनकपुरले उल्ट्याएको छ ।
सोमबार उच्च अदालतले मुद्दाको सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याउंदै राजश्व कार्यालय जनकपुरको नाममा दर्ता गर्ने निर्णय गरेको हो ।
यसअघि वादी रामजीवन मण्डल र प्रतिवादी आन्तरिक राजस्व कार्यालय रहेकोमा जिल्ला अदालतले वादी दाबी पुग्ने भनी फैसला गरेको थियो । सोही फैसलाको पुनरावेलनमा उच्च अदालत जनकपुरका न्यायाधीश बाबुराम रेग्मी र ध्रुवराज नन्दको संयुक्त इजलासबाट वादी तर्फबाट दाबी नपुगेको फैसला भएको हो ।
मुद्दाको आन्तरिक राजस्व कार्यालय जनकपुरको तर्फबाट उपन्यायाधिवक्ता केशव गौतम र अधिवक्ता अचुतम आचार्य र वादीको तर्फबाट अधिवक्ता हेम वहादुर कार्कीले बहस गरेका थिए । फैसला उल्टिएसँगै जनकपुरको भानु चोक र रेल्वे स्टेशन जाने बाटो तर्फ रहेको सडक छेउमा पर्ने किता नंं. ५ को ६ कट्ठा १३ धुर जग्गा कर कार्यालय जनकपुरको नाममा दर्ता हुने बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग