माघे सङ्क्रान्तिमा सार्वजनिक विदा दिन माग

काठमाडौं । नेपाल मगर सङ्घले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गरेका छन् ।
माघे सङ्क्रान्तिको अवसरमा चारवटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । माघे सङ्क्रान्तिको अवसरमा दिंइदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको उनको भनाइ थियो ।
यसैबीच मगर सङ्घले माघे सङ्क्रान्तिको अवसरमा आगामी माघ १ र २ गते काठमाडौँको टुँडीखेलमा ‘माघे सङ्क्रान्ति राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । महोसत्वको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ ।
महोत्सवमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक वेशभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाण हान्नेलगायत कार्यक्रम गरिने सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा