भारतको बिस्तारवाबिरुद्ध नेविसंंघले निरन्तर अभियान सञ्चालन गर्छ : कुन्दनराज काफ्ले
अतरिया । प्रमुख प्रतील पक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)द्वारा सचालित ‘चिनौ सिमाना , जोगाऔ माटो’ अभियान अन्तर्गत कैलालीको अतरियामा नेपालको वास्तविक नक्शा कोर्ने कार्यक्रम भएको छ ।
नेपालको भूमि लिपियाधुर, लिपुलेक र कालापानी भारतले आप्नो राजनीतिक नक्सामा राखेपछि नेविसंघले काठमाडांैको बसन्तपुरबाट सुरु गरेको अभियान सातवटै प्रदेशमा समेत पर्याएको छ ।
सोही अनुसार सोमबार सुदूरपश्चिम प्रदेशस्थित कैलालीको अतरियामा विद्यार्थी नेपालको वास्तविक नक्सा कोर्न सिकाइएको हो । उक्त कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सातवटै प्रदेशका विद्यार्थीले कोरेको नेपालको वास्तविक नक्सा राष्ट्रपतिलाई बुझाउने बताए । साथै उनले नेपालको भूमि भारतले फिर्ता नगरे यस विषयलाई सयुक्त राष्ट्र संघमा पुर्याउनेमा जोड दिए ।
काफ्लेले भने, ‘नेपालमा विभिन्न पटकभएको जनगणना, सर्बेक्षणले पनि लिपियाधुर, लिपुलेक र कालापानी नेपालको हो । त्यसैले यो मिचिएको भुमी फिर्ता नहुँदासम्म यो अभियान निरन्तर रहनेछ । नेविसंघले भारतको बिस्तारबाद र दादागिरिबिरुद्ध निरन्तर अभियान सञ्चालन गरि रहने छ ।’
कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य नुप बहादुर सुनारले भारतले कैलाली कञ्चनपुरमा दिन दिनै सीमा अतिक्रम भइरहेको बताए । उक्त कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापती गणेश शाह ,पदम ओझा दुर्गा कापडी दिपक ओझाले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा अतरिया चोकामा बिभिन्न स्थानबाट आएका विद्यार्थीले मिचिएको सिमाना फिर्ता गर, भारतीय बिस्तारबाद मुर्दावाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई नेपालको वास्तविक नक्सा कोर्न लागाई आयोजकले वास्तविक नक्सा समेत सार्बजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने