शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

‘दलितका पक्षमा देवकुमारले जति काम गरेर देखाउ’

सोमबार, २८ पुस २०७६, १९ : ३२
सोमबार, २८ पुस २०७६

बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको जति दलितको पक्षमा काम गरेर देखाउन सके दलित समुदायमा स्वतः परिवर्तन आउने सोमवार एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  बडिगाड गाउँपालिका वडा नम्वर ५ खारा बजारमा आयोजना गरिएको संयुक्त दलित सञ्जाल बाग्लुङ्ग अन्तर्गत बडिगाड गाउँपालिका स्तरिय संगठन बिस्तार तथा आम सभाका वक्ताहरुले यस्तो बताएका हुन् ।  

अधिकांश वक्ताले ढोरपाटनका मेयर देवकुमार नेपालीले हालसम्म दलितका पक्षमा गरेका कामहरुको मुक्त कण्ठले प्रशंसा गरे । ढोरपाटनका दलितहरुको मात्र नभई सिङ्गो बाग्लुङ्ग जिल्लाका दलित समुदायको आस्थाका केन्द्र देवकुमार नेपाली भएको भन्दै अन्य पालिका पनि उनीप्रति आशावादी भएको धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथी बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजा लगायतका बक्ताहरुले दलितहरुको शैक्षिक, आर्थिक र सामाजिक रुपले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका दलितहरुको समृद्धिका पक्षमा उल्लेखनिय काम हुन थालेको बताए । पाईजाले  दलितहरु पछाडी पर्नुको कारण आफैलाई शोषण गर्ने बर्गको सेवा चाकरी गर्नु रहेको तर्क राखे ।

उनले भने– ‘तपाईहरु जबसम्म लुरुक्क बिरालोजस्तो भएर तीनहरुको घरमा काम गर्न जानु हुन्छ, तबसम्म उनीहरुले तपाईलाई हेप्न र शोषण दमन गर्न छाड्ने छैनन, ख्याल गर्नुहोस् । मेयर देवकुमार नेपालीले भने– ‘मैले सोचेजति अझै गर्न सकेको छैन, अहिलेसम्म  ढोरपाटनका दलितहरुका  ५ सय खरका झुपडीमा टिनले छाएको घर बनाइदिएको छु ।’ तर हाम्रै दलित समुदायका केही दलितहरुले मेरो खुट्टा काट्न खोज्छन् । ५ वटा खरका झुपडीमा टिनको छान लगाई दिन नसक्नेले राजनीति गर्न जरुरी छैन् । हामीले अरु समुदायका मानिसहरुलाई गाली गर्न जरुरी छैन । हामी पछाडी परेको आफ्नै कारणले हो भन्ने म ठान्छु ।

 हामी चाकरीका पछाडी लाग्छौं । म काठमाडौंको धेरै कार्यक्रमहरुमा पुगेको छु  । त्यहाँ प्रधानमन्त्री, मन्त्री र ठुला नेताहरुको चाकरीमा लाग्ने गरेका छन् दलितका नेताहरु । उनीहरु गाउँका दलितको पक्षका लागि आफ्नो दुनो सोझाउनका लागि नेताहरुको चाकरी गरेका हुन् । कसरी आफु अगाडी बढ्न सकिन्छ भन्ने मात्र उनीहरुको धन्दा छ । कमसेकम ढोरपाटनमा दलितका पक्षमा भएका काम गरेर देखाउनुस् तब राजनीति गर्नुको अर्थ छ अन्यथा राजनीति गर्नुको  कुनै अर्थ छैन’– उनले भने  ।

उनले  दलितहरुलाई कतिपय राजनीति दलका ग्रैहदलित नेताहरुले दलितहरुलाई भ¥याङ्ग मात्रै बनाउन र दलितका विरुद्ध दलित उतार्न गरेको प्रति सचेत हुन आग्रह गरे ।  हामी एकजुट हुन जरुरी छ तर हामी एक जुट हुनै सक्दैनौं, समस्या यहि हो ।  हामी राजनीति गर्ने हो भने पहिला दलित गरिबलाई न्याय दिन सकौं ।

म देवकुमार नेपालीले यो समुदायलाई  कानुनी, सामाजिक, आर्थिक र राजनैतिक रुपमा न्याय दिन सक्दिँन भनेर मैले राजनीति गर्न जरुरी छैन । अर्को समस्या हामीले जात ढाँट्न थालेका छौं । किन जात ढाँट्ने म दमाइको छोराहरु भनेर सगौरव भन्दै हिँड्छु । मैले छोएको सबैले खान्छन् तर सबै दलितले छोएको खाँदैनन् ।  अर्को कुरा हामीले छोएको अरुले र अरुले छोएको हामीले खानैपर्छ भन्ने पनि छैन । हामी सबैभन्दा पहिला शिक्षित हौं ।  त्यसपछि समृद्धिमा लागौं, म तपाईहरुको घरको धुरीको खम्बा बनेर उभिनेछु । तपाईका हेरक दुःखमा साथ दिने छु’ मेयर नेपालीले भने ।  

कार्यक्रममा जिल्ला समन्व्य समिति बाग्लुङ्गकी जिल्ला सदस्य रुपा विक, संयुक्त दलित सञ्जाल  प्रदेश ‘ख’का अध्यक्ष  धनबहादुर विक (धिरज), सञ्जालका जिल्ला सदस्य अशोक विश्वकर्मा, सल्लाहकार संयोजक बडिगाडका वीरबहादुर परियार, सञ्जाल गल्कोटका उपाध्यक्ष कविराज परियार, सल्लाहकार संरक्षक लक्ष्मण बराल, गल्कोट सञ्जालका महासचिव सञ्जय नेपाली, लगायतले मन्तव्य राखेका थिए । बडिगाड दलित सञ्जालकी उपाध्यक्ष फुलमाया विकको अध्यक्षमा सम्पन्न कार्यक्रममा सचिव बुद्ध परियारको सञ्जालन रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप