शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी भन्दै रकम असुली गरेको अभियोगमा २ जना पक्राउ

सोमबार, २८ पुस २०७६, १६ : १९
सोमबार, २८ पुस २०७६

झापा । बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी भएकाे भन्दै नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् । 

उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप