राष्ट्रिय वाणिज्य बैंकद्धारा माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
बैंकको शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको सोमबार एक कार्याक्रम बिच वितरण गरिएको हो ।
सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
-
महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की
-
भन्सार विभागको रिपाेर्ट : वैदेशिक व्यापार बढ्यो
-
ब्रेल लिपि सिर्जनाकाे २ सय वर्षः समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनको भनाई
-
कसरी स्टारमय हुन पुग्यो कृषाको ‘पिताम्बर’ ?
-
प्रधानमन्त्रीसँग १० सांसदका १८ प्रश्नोत्तर (पूर्णपाठ)