अचम्मै ! ७०० फीट माथिबाट खसाउँदा पनि फुटेन अण्डा

अण्डा तपाईं हामीमध्ये धेरैले खाने गर्छौं । अण्डा खानेलाई पनि र नखानेलाई पनि थाहा छ– अलिकति ठक्कर लाग्यो भने वा अलिकति माथिबाट खस्यो भने पनि अण्डा फुटिहाल्छ । तर निक्कै माथिबाट अण्डा खस्दा पनि फुटेन भने चाहिँ के हुन्छ नि रु जवाफ दिन सक्नुहुन्छ रु
जवाफ सोझो छ– अचम्म नै हुन्छ नि हैन त ! अनि अचम्म मात्र हैन, त्यस्तो घटनाले कहिले काहिँ कीर्तिमानको रुप पनि लिन्छ । त्यस्तै कीर्तिमान डेबिट डोनोघु नामक व्यक्तिले कायम गरेका छन् ।
बेलायतका लंकासायरको ब्लाकपुलस्थित एउटा गोल्फ क्लबमा अगस्त २२, १९९४ का दिन उक्त कीर्तिमान कायम गरेका हुन् । त्यस दिन डेभिडले २१३ मिटर अर्थात् करीब ७०० फिटमाथि हेलिकोप्टरबाट गोल्फ क्लबको मैदानमा ताजा अण्डाहरु फाले । अचम्म उनले फालेका ती अण्डाहरु फुटेनन् । फलतः त्यसले कीर्तिमानको रुप लिन पुग्यो ।
स्रोतः गिनेस बुक अफ वर्ल्ड रेकर्डस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मले विभेद र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति
-
विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन
-
राष्ट्रियसभाको बैठक बस्दै : के-के छन् कार्यसूची ?
-
प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची
-
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
म्यानमार भूकम्प : भग्नावशेषमा पुरिएका थप ४ जनाको ६० घण्टापछि उद्धार