बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामलाई कमल थापाको प्रतिक्रिया – हाहाहा..., हसाउनुहुन्छ !

सोमबार, २८ पुस २०७६, १३ : ११
सोमबार, २८ पुस २०७६

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको एउटा ट्वीटबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दिएको प्रतिक्रिया निकै रोचक छ ।

ट्वीटरमा बाबुराम भट्टराई र कमल थापाबीच सोमबार बिहान वैचारिक द्वन्द्व प्रकट भएको हो । यद्यपि दुवैले निकै सभ्य शब्द प्रयोग गरेका छन् ।

प्रसङ्ग कमल थापाको एउटा ट्वीटबाट सुरु हुन्छ, जो प्रदेश ३ को नामकरण र राजधानी तोकिएको विषयमा थापाले आइतबार ट्वीट गरेका थिए ।

थापाले लेखेका छन्, ‘प्रदेश नं ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँलाई बधाइ ।’

अन्य प्रदेशका निम्ति पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुन सक्ने थापाको भनाइ छ ।

थापाको सोही ट्वीटमा डा. भट्टराईले सोमबार आफ्नो प्रतिक्रिया लेखेका छन्, ‘पौडेल, बानियाँ, थापाहरुको सहमतिलाई सर्वदलीय हैन, एकल जातीय सहमतिभन्दा उपयुक्त होला ।’

उनले कमल थापालाई आफ्नो ‘सहपाठी’ र ‘मित्र’ भन्दै अगाडि लेखेका छन्, ‘नयाँ संविधानले समेत वहुजातीय भनेर स्वीकारीसकेको देशलाई एकल जातीय बनाउने हठले देशलाई दीर्घकालीन द्वन्द्वमा फसाउन सक्छ, फेरि पनि तपाईको पश्चगामी विचारको क्षणिक जितमा बधाइ छ ।’

डा. भट्टराईको भनाइप्रति थापाले लगत्तै प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘हाहाहा !! बाबुराम भट्टराई हसाउँनु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप