छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं। कपिलवस्तु, धनुषा, पाल्पा र रामेछापका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका-७ धरमपनियास्थित सडकमा लु.१ ख ६९१३ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार रुपन्देही रोहणी गाउँपालिका-५ बस्ने ३५ वर्षीया प्रमोवती पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको नगराईन नगरपालिका-२ जटही अस्पतालस्थित सडकमा ज.३ प ८८४७ नम्बरको मोटरसाइकलको चेनमा साडी फसेर आइतबार साँझ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-४ शान्तीनगर बस्ने ५५ वर्षीया माध्यमी देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी ठाकुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको रहेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-४ लोच्चगोठमा लु.२ त ७२५७ नम्बरको ट्याक्टर सडकबाट करिब ७ मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक नवलपरासी पश्चिम तिलकपुर-५ बस्ने ३२ वर्षीय पुस्पराज थारुको घटनास्थलमै मृत्यु भएको छ ।
रामेछापको मन्थली नगरपालिका-११ भट्टारस्थित सडकमा आइतबार साँझ ज.१ त ९०७५ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका नाटिला बस्ने ६४ वर्षीय रिपु लामिछाने मगरको तामाकोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
-
आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कसलाई कति लाग्छ शुल्क ?
-
छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो