फिलिपिन्समा ज्वालामुखी बिस्फोटः ठूलै खतराको संकेत दिँदै तीन शहर खाली गर्न निर्देशन
सोमबार, २८ पुस २०७६, १० : ०७

फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । अर्को पनि खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ ।
राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो ।
सिएनएन फिलिपिन्सका अनुसार अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् ।
मनिला अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले आगमन र प्रस्थान दुबै सेवा बन्द गरेको छ ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन् ।
एजेन्सीले केही घण्टा वा दिनमभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ ।
सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि मापन गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा