शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोको गोलसँगै युभेन्ट्स शीर्षस्थानमा

सोमबार, २८ पुस २०७६, ०८ : ४३
सोमबार, २८ पुस २०७६

सुपरस्टार क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले एस रोमालाई उसकै मैदानमा २–१ गोलले हरायो ।

युभेन्ट्सको जितमा मेरिह डेमिरल र रोनाल्डोले एक एक गोल गरे । रोमाका लागि डिएगो पेरोटीले सान्त्वना गोल फर्काए । तेस्रो मिनेटमै मेरिह डेमिरलले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले पिजानिकको फ्रिकिक पासमा गोल गरेका थिए ।

१०औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोलगर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।  रोमाका जोर्डन भेरेटाउटले युभेन्ट्सका पाउलो डिबालालाई डिबक्स भित्र लडाएपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो । रोमाले ६८औं मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्कायो । युभेन्ट्सका एलेक्स सान्द्रोको ह्यान्ड गरेपछि रोमाले भिएआरको सहायतामा पेनाल्टीको मौका पाएको थियो । जसलाई डिएगो पेरोटीले सही सदुपयोग गरे । त्यसपछि दुवै टोलीले लगातार गोल गर्ने अवसर बनाएपनि थप गोल नहुँदा युभेन्ट्स विजयी भयो ।

जितसँगै युभेन्ट्सले इन्टर मिलानलाई दुई अंकले पछि पारेको छ । शीर्षस्थानमा रहेको युभेन्ट्सको १९ खेलबाट ४८ अंक छ । समान खेलबाट ४६ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । रोमा ३५ अंकसहित पाँचौ स्थानमा छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप