मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सोमबार कुन राशिका लागि कति शुभ ?

सोमबार, २८ पुस २०७६, ०६ : २७
सोमबार, २८ पुस २०७६

वि.सं.२०७६ साल पौष २८ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । माघकृष्णपक्ष । तिथि– तृतीया,३३ घडी २३ पला,बेलुकी २० बजेर १९ मिनेट उप्रान्त चतुुर्थी । नक्षत्र– अश्लेषा,१४ घडी २२ पला,दिउसो १२ बजेर ४३ मिनेट उप्रान्त मघा । योग– प्रिती,०८ घडी २६ पला,बिहान १० बजेर २१ मिनेट उप्रान्त आयुष्मान । करण– वणिज,बिहान ०९ बजेर २० मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा– वणिज योग । चन्द्रराशि–कर्कट,मध्यान्ह १२ बजेर ४३ मिनेट उप्रान्त सिंह । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २६ घडी १२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
 बिद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानी बाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउँनेछन् भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । बिद्यार्थी बर्गहरुले पढाइमा मिहिनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक क्षेत्रमा आलोचना हुनेछ ।
 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मेहम्मे पर्नेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्तजन सँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । वाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ । बिहानको समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट आम्दानी बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरि हाईड्रोपावर,पानि तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।
 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राज्यबाट अनाबश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साघुरा भएर जानेछन् । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुने योग रहेकोछ । बिहानको समय राम्रो रहेकोले खोजीमुलक क्षेत्रमा रुचि बढ्ने तथा पढाइ लेखाइकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामोदुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपदा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबश्यक धन तथा स्थाई सम्पति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनालेप्रतिष्पर्धिहरु हावि हुनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेलि माईतिचि सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना समस्या तथा विवादित बिषयहरुलाई केहि समय दिएर सकाउन सकिनेछ । रुपैयापैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप