एक हजार पाँच सय लिटर घरेलु मदिरा नष्ट
आइतबार, २७ पुस २०७६, २२ : ०८
प्रहरीले बनेपाका बसपार्क र पुल बजार आसपासमा रहेका भट्टी पसलबाट बरामद गरेका घरेलु मदिरा आज नष्ट गरिएको छ । ती भट्टीपसलमा गरिएको जाँचका क्रममा फेला पारिएको मदिरा आज वडा नं ९ र १० का वडाध्यक्षको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले गाउ्रँगाउँबाट ल्याएर बनेपाका भट्टीपसलमा मदिरा बेचबिखन गर्ने गरेको पाइएको र त्यसबाट हिंसात्मक घटना हुन सक्ने भएकाले निषेध गर्नका लागि अभियान सञ्चालन गरिएको स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या