शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्छ : नेता पौडेल

आइतबार, २७ पुस २०७६, २० : ३५
आइतबार, २७ पुस २०७६

काठमाडौँ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् ।  प्रजातान्त्रिक विचार समाजले  बुझाएको ज्ञापनपत्र आज बुझ्दै उहाँले लोकतन्त्रको रक्षाका लागि  काँग्रेस बलियो हुनुपर्नेमा जोड दिए । “ सुशासनलाई अगाडि बढाउन र संविधानको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्छ”, उनले भने । 

वरिष्ठ नेता पौडेलले सरकारसँग असन्तुष्ट भएका जनतालाई काँग्रेसमा आकर्षण गर्नुपर्ने बताए । सरकारलाई भ्रष्टाचारमुक्त र काँग्रेसलाई विकृतिमुक्त बनाउनुपर्ने उनको भनाइ थियो ।  उनले पार्टीको १४औँ महाधिवेशन विधिसम्मत रुपमा तोकिएको समयमा हुनुपर्ने उल्लेख गरे । 

पार्टीलाई सुधार गर्नका लागि आफू विधान कार्यान्वयनका पक्षमा उभिएको उनको भनाइ थियो । पार्टीका नेता प्रकाशमान सिंहले विधिविधानअनुसार चल्न नसक्दा काँग्रेस दिनानुदिन कमजोर बन्दै गएको बताए ।

 “सिद्धान्त, आदर्श र संविधान निर्माणको नेतृत्व गरेको पार्टीको वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न सक्दैन”, उनले भने । 

पार्टीका केन्द्रीय सदस्य  डा रामशरण महतले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य बोकेको सरकारले जनतालाई सुखी बनाउन नसकेको आरोप लगाए ।  नेता डा महतले विधान कार्यान्वयनमा पार्टी नेतृत्व नलागेको बताउँदै पार्टीलाई सुधारका लागि गतिलो नेतृत्वको खाँचो औँल्याए । पार्टीको चौधौँ  महाधिवेशन निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप