सभामुख चयनमा पार्टीभित्रको विवादले केहीको जिब्रो रसाएको छ : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को एकता ढिलो भए पनि राम्रो भएको बताएका छन् ।
आइतबार काठमाडौँमा पार्टीको भ्रातृ संगठन अनेरास्ववियूको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण समाहरोमा महासचिव पौडेलले विद्यार्थी नेताहरुको पहल कदमी र पार्टीको सहजिकरणबाट एकता भएको बताए ।
अनेरास्ववियूको एकतामा पार्टीको हस्तक्षेप नभएको प्रष्ट पाँदै उनले भने, ‘ पार्टी र अनेरास्ववियू एउटै होइन । अनेरास्ववियू मात्र पार्टीको मार्गनिर्देशमा अगाडि बढ्छ । यो स्वतन्त्र ढंगले अगाडि बढेको छ । बढ्नु पर्छ । एकताको काममा पार्टीले कुनै हस्तक्षेप गरेको होइन । सहजिकरणको मात्र काम गरेको हो ।’
जायज विषयमा विद्यार्थी नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि आँखा जुधाएर कुरा गर्न सक्ने बताए । यस्तै महासचिव पौडेलले अब एक भएर स्ववियु निर्वाचनमा लाग्न अनेरास्ववियूका नेताहरुलाई आग्रह गरे ।
फरक प्रसंगमा महासचिव पौडेलले पार्टी एकतामा रिङगिविङ्गी आशंका हुने गरेको बताए । उनले भने, ‘ नेकपाका एकतामा रङ्गिविङ्गी आशंका गर्दैछन् । त्यो आशंकाबाट छिरेर कम्युनिस्ट एकतामा दुर्घटना ल्याउन सकिन्छ कि भन्ने भ्रम देखिन्छ ।’
सभामुख चयनमा नेकपाभित्र देखिएको विवादले केहीको जिब्रो रसाएको उनको भनाइ छ । हार्दिकता पूर्वक सभामुख र उपसभामुख चयन गरिने पौडेलले बताए ।
उनले भने,‘ पार्टी र नेताहरुबीच विग्रह ल्याए नेकपाको भविष्य औन्योल बनाउँछु सोच्नु मृग तृष्णा मात्र हो । हामीबीच कि त मिल्ने कि त निल्ने अवस्थाबाट एकता भएको हो । हामीले गुच्चा खेल खेलेको होइन ।’
तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष एवम् नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अनेरास्ववियूको एकताले नेविसंघमा आपतकालीन बैठक बोलाउने अवस्था आएको बताए ।
उनले भने, ‘अनेरास्ववियूका नेताहरु सपथ ग्रहण गरिएको तस्विर फेसबुकमा देखेर गगन थापाले पन्पुरोमा हात राखेर नेविसंघको चिन्ता लिने दिन आएको छ । आपत कालीन बैठक बोलाउने आवस्थामा आएको छ ।’
कार्यक्रममा तत्कालीन अनेरास्ववियू पूर्व अध्यक्ष र अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्षले सम्बोधन गरेका थिए । यस्तै महासविच पौडेलले नवगठित अनेरास्ववियूका पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’