मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग
आइतबार, २७ पुस २०७६, १८ : ४१

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाल लाई तीन लाख रुपैंया सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।