बौद्धमा गोली चल्यो, गुण्डा नाइके लामा पक्राउ
आइतबार, २७ पुस २०७६, १८ : ४०
२
काठमाडौं । ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी बृत्त बौद्धबाट असईको नेतृत्वमा खटिएको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीको जम्बुडाँडामा गोली हानेको हो ।
गोली लागेर घाइते सिन्धुपाल्चोक घर भएका लामालाई ट्रमामा उपचारको लागि लगिएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ। घाइते लामाको दुवै घुँडामुनि २ गोली लागेको बताइएको छ ।
पछिल्लो समय लामा सिन्धुपाल्चोककी १७ महिनाकी बालिकालाई चिर्पट हानेर हत्या गरी फरार थिए । यस्तै जोरपाटीस्थित नेपाल मेडिकल नजिकै एक जनालाई खुकुरी हानेर घाइते बनाएको आरोप पनि उनीमाथि छ ।
लामाले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएर विभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको पनि बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक