शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग (भिडियो सहित)

आइतबार, २७ पुस २०७६, १७ : ३९
आइतबार, २७ पुस २०७६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरेका छन् ।

पृथ्वी जयन्तीका अवसरमा राजधानीमा भएको चियापान कार्यक्रममा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गरेका हुन् । 

विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेपनि अहिले सबै राजनीतिक दल र नेताहरु सकारात्मक रुपमा लिएकोम खुसी व्यक्त गर्दै थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रुपमा मनाएर विदा दिन र उनको तस्वीर नेपाली नोटमा अंकित गर्न सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीलाई आग्रह गरे । 

थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायीत्व कायम गरी सबल र समुन्नत नेपाल निर्मामा सबै राजनीतिक दलहरु एकता र सहमतिमा आउनुपर्ने उनले बताए । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय एकताको सन्दर्भमा शाहले ठोस आधार तयार गर्नुभएको कुरालाई सम्मानका साथ सम्झिनुपर्ने बताए । उनले राष्ट्रिय एकताको जगमा उभिएर देशका सबै जाति, भाषा, धर्म र संस्कृतिलाई जनतालाई एकतावद्ध बनाउँदै निरन्तर अगाडी बढ्न आग्रह गरे । 

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पृथ्वी जयन्तीका अवशरमा सार्वजनिक विदा दिएर एकता दिवस सरकरी स्तरबाट भव्यताका साथ मनाउनुपर्ने बताए । शाहले बनाएको मुलुकलाई सबैले संरक्षण गरी राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने उनको धारणा थियो ।

आइतबार पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप