जलविद्युतको विश्व भेलामा मन्त्री पुनको आग्रह– नेपालमा लगानी गर्न आउनुस्
यूएई । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राट्रिय समुदायलाई अपील गरेका छन् ।
अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधाबीमा जारी १०औं साधारणसभाको जलविद्युत सत्रमा आइतबार बोल्दै मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा नेकपा नेतृत्वको सरकारले लगानीमैत्री वातावरण निर्माण गर्दै लगेको बताए ।
जलविद्युत क्षेत्रमा लागानीमैत्री वातावरण निर्माणका लागि सरकारले कानूनी सुधार, क्षेत्रीयस्तरमा बजार विस्तार तथा विद्युत नियमन आयोग स्थापनाजस्ता काम गरेको उनको भनाइ थियो ।
मन्त्री पुनले सार्वजनिक निजी साझेदारीमा जलविद्युतमा लगानी प्रवर्द्धन गर्ने नेपाल सरकारको नीति रहेको चर्चा गर्दै ढुक्क भएर नेपालमा लगानी भित्र्याउन अपील गरे ।
नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको जानकारी सभालाई दिँदै मन्त्री पुनले आन्तरिक बजारमै विद्युत खपतका लागि विभिन्न योजनासमेत अघि सारेको उल्लेख गरे ।
उनले विद्युत खपत बढाउन विशेष आर्थिक क्षेत्रमा कर छुट, विद्युतीय सवारी साधनमा प्रवद्र्धन, विद्युतीय उपकरण चार्जर सेन्टरहरु स्थापना गर्न लागिएको बताए । मन्त्री पुनले आइरेनालाई नेपालमा लगानीका लागि सहयोग जुटाइदिन आग्रह गर्दै विद्युत उत्पादन गर्न, प्रसारण लाइन निर्माण गर्न तथा वितरण गर्न सस्तो र प्रभावकारी प्रविधि स्थापनामा सघाउन अनुरोध गरे ।
फरक प्रसंगमा मन्त्री पुनले जलवायु परिवर्तनका कारण हिमालयहरु पग्लने क्रम बढेकामा चिन्ता प्रकट गर्दै उर्जा क्षेत्रको सुरक्षाका लागि त्यसलाई रोक्न गर्नुपर्ने काममा गम्भीर हुन सबैको ध्यानाकर्षण गराए ।
करिब १ सय २० मुलुकका मन्त्रीहरु सहभागी सभामा नेपालका तर्फबाट मन्त्री पुनको नेतृत्वमा प्रतिनिधिसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भुमी त्रिपाठी तथा यूएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी र मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईं सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ४७ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा