केन्द्रीय संस्करण

खुला राष्ट्रिय महिला भलिबलमा एपीएफ च्याम्पियन

person explore access_timeपुस २७, २०७६ chat_bubble_outline0

काठमाडौं । तेस्रो होङ्गान्जी न्युडायमण्ड खुला राष्ट्रिय  महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आइतवार भएको फाइनल खेलमा एपीएफले आयोजक न्युडायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

एपिएफले न्युडायमण्डमाथी २५–२०,२५–२३,२५–१८ को सहज जित निकाल्यो । गोंगबु नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको कार्टमा सम्पन्न फाईनल खेलमा एपीएफकी सरस्वती चौधरी र न्यु डायमण्डकी प्रतिभा मालीले समान २६÷२६ अंकको योगदान दिएका थिए ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद  २१ हजार १ सय १ रुपैया प्राप्त गरिन् ।  विधातर्फ बेष्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,बेष्ट सेटर न्युडायमण्डकी अरुणा शाहि चुनिदा डायमण्डकै सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन् । पुलिसकी कोपीला रानाले बेष्ट क्विईकरको उपाधि जितिन् । सरस्वती चौधरीले बेष्ट सर्भरको उपाधि पनि जितिन् । एपीएफकी हिरा केसी बेष्ट ब्लकर चुनिदा एपीएफकै महेशबहादुर चौधरी बेष्ट कोच भए ।  बिधागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।

होङ्गान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजकमा संचालन भएको  प्रतियोगिताको उपाधि विजेता एपीएफले  ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपबिजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ गर्यो । तेस्रो हुन पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया हात पार्दा चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...