शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोलिदेखि राजधानीमा राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला हुँदै

आइतबार, २७ पुस २०७६, १७ : ०४
आइतबार, २७ पुस २०७६

काठमाडौं । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला आयोजना हुने भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजना र घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कर्मसको सहआयोजनामा उक्त मेला आयोजना हुन लागेको हो ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले मेला बारे जानकारी दिएको छ । मेला भोलि (पुस २८ गते) देखि माघ ४ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुँदै छ । 

उक्त मेलामा स्वदेशी उद्योग र उत्पादनबाट गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरी तयार भएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पद्धारा निर्मित बस्तुहरु समेत प्रर्दशन गरिने आयोजक संघले बताएको छ । जसमा पुराना स्टक क्लियरेन्स गर्ने भन्दा पनि नितान्त नयाँ र आधुनिक मोडलका जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरुको प्रदर्शन गरिने आयोजकको भनाइ छ ।

मेलामा अपाङ्गगता भएका व्यक्तिहरुका लागि समेत प्रयोग हुने विशेष किसिमका जुत्ता चप्पलहरु उपलब्ध हुने छन् । प्रर्दशनीमा राखिएका जुत्ता चप्पल तथा छालाका वस्तुहरुमा न्यूनत ५ प्रतिशत देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ ।

प्रर्दशनी बारे जानकारी दिदै संघका अध्यक्ष बासु रोक्काले स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्दै छाला जुत्ता तथा वस्तुको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिए । 

सोही अबसरमा अध्यक्ष रोक्काले मेलाकै माध्यमबाट नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानिक रुपले आधुनिकीकरण गर्दै भविष्यमा बिदेशी बजारमा समेत सुपरिचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको बताए । 

संघले वार्षिक रुपमा आयोजना गर्दै आएको मेलामा यस पटक खुल्ला प्रदर्शन गरिने र ७० देखि ८० हजार अवलोकनकर्ताहरु आकर्षित गर्ने लक्ष्य रहेको आयोजकले भनाइ छ ।  

मेलामा बागमती सुज, सगुन सुज, ग्लोबल सुज, सिटिजन फुटवयर, युनिभर्सल सुज, कम्फर्ट लेदर व्याग, लगायत दर्जन बढी ब्राण्ड तथा उद्योगका उत्पादनहरु प्रर्दशन गरिने छ । मेलाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप