ओली–प्रचण्डविरुद्ध खनिए बाबुराम : धन्य कणहरु, यही हो लोकतन्त्र ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पंगु र निष्काम बनेको बताएका छन् ।
डा. भट्टराईले आईतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइएको भन्दै आज एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधि सभा पंगु र निष्काम बनेको बताएका हुन् ।
नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘हिजो दलीय खिचातानिले संसरसंसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो । तर आज नियमित संविधान र एउटै दलको स्पष्ट वहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु र निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ?धन्य कणहरू !’
हिजो दलीय खिचातानिले संस/संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो।तर आज नियमित संविधान र एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने?जनप्रतिनिधि मुकदर्शक भैरहने?यही हो लोकतन्त्र?अझै कम्युनिज्म?धन्य कणहरू!
— Baburam Bhattarai (@brb1954) January 12, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्
-
क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम
-
कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन
-
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक