सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ओमानका सुल्तान : एक गरिब राष्ट्रलाई आर्थिक समृद्धिको शिखर पुर्‍याउने नेता

आइतबार, २७ पुस २०७६, १६ : २८
आइतबार, २७ पुस २०७६

एजेन्सी । ओमनका सुल्तान काबुस बिन सइदको मृत्युपछि उनका भाइ हैथम बिन तारिक अल सइदले उनको स्थान लिएका छन् । 

उनले शनिबारको शाही परिवार परिषदबाट भेटघाट गरेर शपथ लिए । 

अरब जगतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने काबुस बिन सइदको शुक्रबार ७९ वर्षको उमेरमा निधन भएको हो । मृत्युको कारण नबताइए पनि उनी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेको बताइन्छ । 
काबुसको शासनमा ओमनले आफैलाई कूटनीतिक रुपबाट तटस्थ राखेको थियो र यसले एक अन्तर्राष्ट्रिय मध्यस्थताको भूमिका निभााउने अवस्था निर्माण भएको थियो । 

३० वर्षको उमेरमा सुल्तान बनेका थिए काबुस

ओमनको सत्तारुढ वंश अल–सइदको काबुस आठौं शासक थिए । यो परिवारको ओमनमा सन् १७४४ देखि शासन छ । काबुसको जन्म सन् १९४० नोभेम्बर १८मा धोफरमा भएको थियो । 

सन् १९५८ मा काबूस पढाइको लागि इंग्ल्याण्डमा गए । ब्रिटेनसँग ओमनी शाही परिवारको ऐतिहासिक सम्बन्ध कायम राख्न काबुसको महत्वपूर्ण भूमिका थियो । 

काबुसले स्याण्डहस्र्टको रोयल मिलिटरी एकेडेमीमा दुई वर्षसम्म पढाई गरे र पश्चिमी जर्मनीमा ब्रिटिश सेनाको ६ महिनामा रहे । काबुस सन् १९६२ मा ओमन फर्किए तर उनी सन् १९७० सम्म जिम्मेबारीविहिन रहे । राजदरवारले उनलाई कुनै जिम्मेवारी दिएन ।  

उनी आफ्नो पिताको शासनशैलीबाट रुष्ट थिए । उनी धोफारी विद्रोहीसँग लड्न सक्ने कुरामा आफ्नै सेनाको क्षमतासँग प्रश्न गर्थे । 

सन् १९६७मा तेल निर्यात शुरु भएपछि पनि सुल्तान तेलको आयलाई विकास निर्माणमा खर्च गर्न चाहँदैनथे । उनी सम्पूर्ण आय आफैसँग राख्न चाहन्थे । 

त्यो समय खाडीका शासकहरुबीच ब्रिटेनको ठूलो प्रभाव थियो । काबुसले ब्रिटिसको सहयोग लिएर ओमनको शासनबाट आफ्ना पितालाई सत्ताच्यूत गरे । यो सन् १९७० जुलाई २३ को कुरा हो, त्यो समय काबूसले उमेर ३० वर्ष मात्र भएको थियो । 

काबुसले सत्ता आफ्नो हातमा लिँदा ओमनमा आधारभूत सुविधाको ठूलो अभाव थियो । प्रशासनमा पनि दक्ष मानिसलाई कमी थियो । 

ओमनसँग न कुनै सरकारी संस्थान थिए न कुनै पूर्वाधार । भनिन्छ, उनले शासन हत्याउँदा ओमनमा जम्मा ६ किमी पक्की सडक थियो । 

काबुसले विस्तारै सत्तामा आफ्नो नियन्त्रण बढाए र वित्त, रक्षा र विदेश मामिलालाई आफूसँग राखे । 

काबुसले सुल्तान बन्नेपछि देशमा द्वन्द्वको माहोल बनाइरहेको धोफर विद्रोहीसँग युद्ध घोषणा गरे । यो लडाईँमा ब्रिटेन, जोर्डन र इरानले ओमन सरकारलाई सहयोग गरेका थिए । 

ओमनको आर्थिक क्रान्तिका अग्रदूत
काबुसको मृत्युपछि समाचार एजेन्सी रोयटर्सले एक लेखमा लेखेको छ ,‘ काबुसलाई ओमनमा नवचेतना जगाउने नेताको रुपमा सम्झिइनेछ । तेलको बिक्रीबाट आएको अर्बौं डलर उनले आधारभूत पूर्वाधारमा खर्च गरे । यसको साथै ओमनको सेना यो क्षेत्रमा उत्कृष्ट प्रशिक्षित र सक्षम सेना मानिन्छ ।

काबूसको सबैभन्दा ठूलो उपलब्धि परराष्ट्र नीतिलाई स्वतन्त्र राख्नुलाई मान्न सकिन्छ । साउदी र इरानको टकराबमा उनले ओमनलाई कुनै गुटमा जान दिएनन् । कतारसँग साउदी र तिनको सहयोगी देशको विवादमा पनि ओमन पुरा तटस्थ रह्यो र रचनात्मक भूमिका निभायो ।’

सन् १९८० देखि सन् १९८८ सम्म इराक र इरानमा युद्ध हुदाँ पनि ओमनको दुवै देशसँग राम्रो सम्बन्ध थियो । इरानमा १९७९मा इस्लामिक क्रान्ति सम्पन्न भएपछि पनि अमेरिका र इरानसँग सम्बन्ध खराब भयो तब पनि काबुसले ओमनलाई कुनै खोमा जान दिएनन् ।

यही कारणले काबूस सन् २०१३ मा इरान र अमेरिकाबीच मध्यस्थकर्ता बन्ने अवस्था बन्यो । त्यसैको सहयोगले तत्कालिन राष्ट्रपति बाराक ओबामाले इरानी परमाणु सम्झौता गरेका थिए । 

रोयटर्सका अनुसार सेतो दाह्री भएका काबुस सार्वजनिक रुपबाट अन्तिम पटक सन् २०१६ अक्टोबर मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग देखिएका थिए । 

नेतान्याहू ओमनको भ्रमणमा आएका थिए । जबकी बाँकी अरबी मुलुकका नेताहरु खुल्ला रुपमा नेतान्याहूलाई भेट्न असहज मान्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप