शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुको केन्द्रीय समितिले लियो सपथ

आइतबार, २७ पुस २०७६, १६ : १३
आइतबार, २७ पुस २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । 

उनीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । 

अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् । अनेरास्ववियूले १८ पुसमा एकीकृत केन्द्रीय समितिको टुंगो लगाएको थियो । त्यसमा केही विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप