शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सभामा डिजिटल प्रविधि जडान

आइतबार, २७ पुस २०७६, १५ : २१
आइतबार, २७ पुस २०७६

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा पुराना मेनुवल प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल प्रविधि जडान गरिएको छ ।

प्रदेश सभा सचिवालयले प्रदेश सभा भवनमा राखिएको मेनुवल प्रविधि हटाएर डिजिटल प्रविधि जडान गरेको हो । प्रदेश सभाले आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा डिजिटल प्रविधि जडान भएको बताए । उनले माइक, अडियो÷भिडियो रेकर्डिङ, साउण्ड सिस्टम, डिस्प्ले बोर्ड, कम्प्युटर, मिक्चर लगायतका डिजिटल प्रविधि जडान गरिएको बताए ।

उनका अनुसार २७ वटा माइक, दुई वटा भिडियो क्यामेरा, दुई वटाडिस्प्ले बोर्ड, एउटामिक्सचर, एउटा कम्प्युटर लगायतका डिजिटल प्रविधि जडान भएको छ । प्रदेश सभाको गतिविधि युट्युवमा समेत प्रशारण गर्ने व्यवस्था गरिएको समामुख थापाले बताए ।

सभाभित्रका काम कारवाहीको दृष्यहरु प्रसारण गर्दा पत्रकारहरुले अगाडि पछाडि दुबैतिरको भिडियो क्याप्चर गर्न सक्ने गरी दुई वटा क्यामेरा जडान भएको उनले बताए । उनले युट्युव प्रशारणले गर्दा संसदमा नआएरै पनि संसद्भित्रको गतिविधिको रिपोर्टिङ गर्न पत्रकारलाई सहयोग पुग्ने बताए । युट्युबबाट हुने प्रसारणले प्रदेश सभाको खुल्लापन र पारदर्शितामा टेवापुग्ने सचिवालयको विश्वास छ ।

सभामुख आसनको पछाडितिरको भित्तामा ठूलो डिजिटल बोर्ड राखिएको छ । संसद्को गतिविधि पछाडिबाट मात्रै कभर गर्न पाएको पत्रकारहरुको सम्बोधन गर्न सञ्चार कक्ष पनि छुट्टै बनाएको छ । सो सञ्चार कक्षमा समेत स्मार्ट टिभी राखिएको छ ।

प्रदेश सभा भवनबाट हटाइएका मेनुअल माइकहरु संसदीय समितिहरुको बैठक कक्षमा राखिने सभामुख थापाले बताए । उनले दुई वटा हल बनाएर संसदीय समितिका लागि मिनिपार्लियामेन्ट चलाउने व्यवस्था गरिएको बताए । उनले संसदीय समितिहरुको हरेक गतिविधि रेकर्ड गरेर दस्तावेज राख्न सचिवालयले व्यवस्था गर्ने बताए ।

यसैगरी, प्रदेश सभाले भिडियो कन्फरेन्स प्रणाली समेत जडान गरिरहेको समामुख थापाले बताए । उनले सचिवालयमा आवश्यक प्रणाली जडानसहित एउटा भिडियो कन्फरेन्स कक्ष बनाइन लागेको र प्रत्येक जिल्ला समन्वय समितिहरुमा पनि भिडियो कन्फरेन्स प्रणाली जडान गरिने उनले बताए । यस प्रणाली जडान पश्चात प्रदेश सभा सदस्यहरु तथा समितिहरुले स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने छन् ।

सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभालाई व्यवस्थित बनाउन विभिन्न कामहरु भइरहेको समेत कार्यक्रममा बताए । 

प्रदेश सभाले ३२ वटा विधेयक पारित गरेको छ भने त्यसको प्रमाणीकरण समेत भइसकेको छ । प्रदेश सभाको पाँचौ अधिवेशध माघ ६ गतेदेखि प्रदेश प्रमुख शर्मिला पन्त (त्रिपाठी) ले आह्वान गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप