आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुलबाट तमोर नदीमा हामफाल्दा मृत्यु

आइतबार, २७ पुस २०७६, १५ : १२
आइतबार, २७ पुस २०७६

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाट स्थित पुलबाट तमोर नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१ आपगाछीका ३३ बर्षीय राजन चौधरी छन् ।

       शनिबार राती करिव ११ बजे घटना भएको हो । इटहरी–१ आपगाछीका २९ बर्षीय अञ्जिल मगर र चौधरी हिउँ खेल्न को.३५ प.४१०१ नम्बरको मोटरसाईकलमा तिनजुरे गएर फर्कने क्रममा चौधरीले पुलबाट हामफालेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

       हामफाल्नुको कारण भने खुल्न वाँकी छ । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले नदीबाट मृतक राजनको शव निकालेको थियो ।

मोटरसाईकल चालक मगरलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप