केन्द्रीय संस्करण

माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालन, साना किसानलाई राहत

person explore access_timeपुस २७, २०७६ chat_bubble_outline0

काठमाडौं– माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्र्तगत किसानहरुले चार लाख सम्मको कृषि कर्जा किसान कार्ड मार्पmत प्राप्त गर्नेछन् । 

पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसँग आबद्घ बाँके जिल्लाको खजुरा गा.पा.मा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ । 

सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् । 

बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.